शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

टप एन्ड टी–२० सिरिज : नेपालले दियाे १८१ रनको लक्ष्य

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा पहिलो जितको खोजीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीले आजको खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा भएको खेलमा नेपालले सात विकेट गुमाउँदै १८० रन बनायो ।

नेपाल तीन खेलसम्ममा जितविहीन छ। पहिलो खेलमा नेपाल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने टेस्ट राष्ट्र बंगलादेश ‘ए’सँग ३२ ले निराश हुनुपर्‍यो। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले फेरि निराश भयो।