बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल र मट्टितेलको मूल्य घटायो

शनिबार, साउन ३१ २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दीपायल डिपो क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ।