बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अमेरिका-रूस शिखर बैठक : सकारात्मक वार्ता, ठोस सहमति भएन

शनिबार, साउन ३१ २०८२

अलास्का । अमेरिका र रूसबीच सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर, युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सम्झौता भने हुन सकेन।

झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा स्थायी समाधानसम्बन्धी निर्णय सार्वजनिक भएन।

राष्ट्रपति पुटिनले वार्ता आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य रहेको धारणा राखे। उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने बताउँदै युरोपेली मुलुकहरूलाई अनावश्यक उक्साहट नगर्न चेतावनी दिए।

यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने सहमति व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक ठोस उपलब्धिबिना टुंगिएको भए पनि आगामी वार्ताले दिशा देखाउने विश्वास व्यक्त गरिएको छ। एजेन्सी