मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुन मूल्य हालसम्मकै उच्च स्थानमा

शुक्रबार, साउन २३ २०८२

काठमाडौं । नेपाली बजारमा सुन मूल्य हालसम्मकै उच्च स्थानमा पुगेको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।