शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

आइतबार, साउन १८ २०८२

काठमाडौँ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।