आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रहरीको विशेष अपरेशन : चक्रे मिलनसहित ४७ जना पक्राउ

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) प्रहरीको फन्दामा परेका छन्।

बिहीबार राति ठमेलस्थित एक होटलमा जन्मदिनको पार्टी मनाइरहेका चक्रे मिलन र उनीसँगै रहेका करिब ४७ जनालाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सूचना प्राप्त भएपछि रातभर ठमेल क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार जन्मदिनको पार्टीमा प्रहरीको निगरानीमा रहेका व्यक्ति ठूलो संख्यामा उपस्थित रहेको जानकारी पाएपछि अपरेशन चलाइएको हो।