काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेकोछ ।
मंगलबार सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।