आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई घाइते

मंगलबार, साउन १३ २०८२

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।

कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् ।

उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो ।

उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।