शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, साउन ९ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हाे ।  महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।