काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदािधकारीकाे बैठक बस्दै छ।
सभापति शेरबहादुर देउवाले बाेलाएकाे बैठक अहिले बिहान नौबजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएकाे हाे ।
पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुने बताइएकाे छ। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्।
बैठकमा पार्टी र पार्टीभित्र देखिएका असन्तुष्टि, एमालेसँगको सहकार्य, सरकारलगायतका विषयमा छलफल हुने बताइएको छ।