आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भक्तपुरमा दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिए

बिहिबार, साउन ८ २०८२

काठमाडौँ । भक्तपुरमा दुईजना युवतीको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको हो ।

परिसरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका दुबै जना दिदीबहिनी हुन् ।

१७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका उनीहरू मध्यपुर थिमि नगरपालिका बोडे सिन्टिटारस्थित चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरामा बस्दै आएका थिए ।

उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।