आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, साउन ७ २०८२

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ ।

सभामुखले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथी सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।