बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेले ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ : महामन्त्री शर्मा

मंगलबार, साउन ६ २०८२

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।

मंगलवार ४३ औँ विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो चेतावनी दिएका हुन् ।

शर्माले नेकपा एमालेले राष्ट्रियसभामा राखेको ‘कुलिङ अफ पिरियड’माथिको संशोधन फिर्ता लिनुपर्ने बताए । संशोधन फिर्ता नलिए गठबन्धनमा समस्या आउने उनको भनाइ छ ।

‘कुलिङ पिरियडसम्बन्धी  विषयमा सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ। सँगै हामीले राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौं, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ,’ उनले भने ।

कुलिङ पिरियड हटाउन एमालेले प्रयास गरिरहेको भन्दै उनले यसले दुर्घटना निम्त्याउने बताए ।

महामन्त्री शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र मतलाई सम्मान गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरे ।