काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी सदस्यता नवीकरण १ लाख ३९ हजारले वृद्धि भएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा यसबारे जानकारी गराइएको हो ।
बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको बताउनु भयो । पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको उनको दाबी छ ।
संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको बताए ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
उनले आफूलाई मनमा लागेको कुरा खुलस्त भन्न पनि निर्देशन दिए ।