काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् । कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन् ।
पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संशोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामयिक राजनीतिक विषयवस्तु र सकारको एक वर्षे कार्यकालको उपलब्धि बारे बैठकलाई जानकारी गराएका थिए ।