आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु

सोमबार, साउन ५ २०८२

पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ती महिलालाई असार २५ गते जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत देखिएको थियाे ।