आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ओलीलाई भीम रावलको कटाक्ष : सुतेको समय पनि घटाउने कि ?

सोमबार, साउन ५ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे एमाले पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए ।

यसै विषयलाई लिएर रावलले व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन् : एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रिय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि?