काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा। शेखर कोइरालाले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि शेखर प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
बिहीबार दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो । स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
कांग्रेस–एमाले सरकारको एक वर्ष भएको छ । यस्तोमा अहिले सरकारको कामको समिक्षा भैरहेको छ ।
शेखरले पनि सरकारको खुलेर आलोचना गरिरहेका छन् ।
दुई घण्टा लामो छलफलमा प्रचण्डले देश अहिले निकै जटिल अवस्थामा पुगेकाले कांग्रेस र माओवादी एक ठाउँमा उभिनुपर्ने बताएको बुझिएको छ ।
ओली सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिएको, सङ्घीय निजामती सेवा विधेयकमा देखिएको छेडखानी, विद्यालय विधेयक, सङ्घीय प्रहरी विधेयक लगायत विधेयक अगाडि बढाउन भइरहेको ढिलासुस्ती लगायत विषयमा पनि खुलस्त कुराकानी भएको बुझिएको छ ।