आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजनीतिमा विद्या भण्डारीको पुनरागमनले उत्साह दिएको छ : सुजाता कोइराला

बिहिबार, साउन १ २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेपाली महिला नेतृत्ववर्गमा उत्साह प्रदान गरेको बताएकी छन् ।

कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको सक्रिय राजनितीमा पुनरागमनले सम्पुर्ण नेपाली महिला नेतृत्व बर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको ब्याक्तित्व हुनुहुन्छ ।’

भण्डारी सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्ति भएको उल्लेख गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत दिएकी छन् ।

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । त्यसअघि नेकपा (एमाले) की वरिष्ठ नेतृ रहेकी उनले असार १४ गते पुन एमालेको राजनीतिमा जोडिएको घोषणा गरिन् । उनलाई एमालेको भावी नेतृत्वका रुपमा हेरिएको छ ।