आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ आज

बुधबार, असार ३२ २०८२

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको आज बेलुका ६ बजे शपथ हुने भएको छ ।  राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो । यस अघि उनकाे शपथ ३ बजे तय भएकाे थियाे ।

राजकुमार गुप्ता घुस डिलमा मुछिएपछि राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य न्यौपानेलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन्।