बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोइराला निवास पुगेर बालकृष्ण खाँणले भने : ‘कोइराला निवास मेरा लागि तीर्थ हो’

बुधबार, असार ३२ २०८२

काठमाडौं  । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सक्रियता बढाएका छन् ।

उनी यतिवेला कोशी प्रदेशको भ्रमणमा छन् । आज उनी विराटनगरमा रहेको ऐतिहासिक कोइराला निवासमा पुगेका छन् ।

उनीसँगै सहमहामन्त्री महेन्द्र यादवपनि थिए ।

कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै  नेता खाँणले कोइराला निवासलाई कांग्रेसजनका लागि ‘पवित्र भूमि’को संज्ञा दिँदै यसलाई कुनै गुटको केन्द्रको रूपमा हेर्न नहुने बताए ।

उनले भने,‘कोइराला निवास मेरा लागि तीर्थ हो। यो पवित्र भूमि हो। यहाँ कृष्णप्रसाद, बीपी र गिरिजा बसेका थिए। मैले यो भूमिलाई स्पर्श गर्ने चाहना राखेको थिएँ, आज त्यो पूरा भयो।’  उनले भने, ‘यहाँ आएर कोइरालाको भूमिलाई स्पर्श गर्दा सत्प्रयासमार्फत् अगाडि बढ्न थप ऊर्जा मिल्छ ।’