आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कार्यालय सहयोगी रंगेहात पक्राउ

बुधबार, असार ३२ २०८२

काठमाडाैं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेका कास्कीस्थित यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी दिपक पौडेल पक्राउ परेका छन्।

पौडेलले सेवाग्राहीको तर्फबाट अनलाइन फारम भरिदिने, लिखित परीक्षा पास गरिदिने, र ट्रायल परीक्षामा समेत पास गराइदिने भन्ने प्रलोभन देखाएर रु. ७,००० घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

उक्त टोलीले पौडेललाई आज सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अख्तियारले सेवाग्राहीको हक हित संरक्षण र सार्वजनिक सेवामा पारदर्शिता कायम गर्न, यस किसिमको अनियमित कार्यमा संलग्न हुने जो कोहीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।