आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

बुधबार, असार ३२ २०८२

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

‘घुस डिल’ गरेको अडिओ सार्वजनिक भएपछि राजेन्द्रकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्रीले न्यौपानेलाई सामान्य प्रशासन मन्त्री नियुक्त गरेका हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपाने २०७६ सालमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको कार्यकाल सकिन करिब ७ महिना बाँकी हुँदा भगवतीले मन्त्री हुने अवसर पाएकी हुन् ।