शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बुधबार, असार ३२ २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ ।

मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले  असार ३१ मा पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको जानकारी दिएको हो ।

इन्धनमा घटाइएको नयाँ मूल्य बुधबार बिहानदेखि लागु हुनेछ ।