आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गठवन्धनका सहयात्री कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला

मंगलबार, असार ३१ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्खास्त गर्नुपर्ने मन्त्रीलाई मन्त्रिपरिषद बैठकमा सहभागी गराइएको प्रति आश्चर्य व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताप्रति सङ्केत गर्दै घुस काण्डका प्रमाण आइसक्दा पनि बर्खास्त हुनुको साटो प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषदमा सहभागी भएको उल्लेख गर्दै आश्चर्य प्रकट गरेका हुन् ।

काेइरालाले नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गर्दै विपक्षीले पनि सदनमा कर्मकाण्डी राजीनामा मात्रै माग्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्

यस्तै रहेछ यहाँको चलनः
मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।