आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारको एक वर्ष सुधारका सुस्पष्ट परिणाम देखिँदैछन् : महासचिव पोखरेल

सोमबार, असार ३० २०८२

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ओली सरकारको एक वर्ष सुधारका सुस्पष्ट परिणाम देखिँदै गएको बताएका छन् ।

उनले यो एक वर्षमा ओरालो यात्रा रोकिएको र सुधारका सुस्पष्ट परिणाम देखिँदै आएको बताए।

उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिँदै छन्।’

यसअघि प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए। उनले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउँदै यसअघि समयसीमा (टाइमलाइन) तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको जिकिर गरेका छन्।