आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामान्य प्रशासनमन्त्री गुप्तालाई बालुवाटार बोलावट

सोमबार, असार ३० २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । गुप्ता बालुवाटार पुगिसकेका छन् ।

प्रधानमन्त्री ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

स्रोतले नेपाल प्रेससँग भन्यो, ‘यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ ।’

गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।