आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

आइतबार, असार २९ २०८२

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा हंसपुर नगरपालिका–४, मधुकरीका २५ वर्षीय उदय राउतको मृत्यु भएको ललिया प्रहरी चौकीका इञ्चार्ज असई योगेन्द्र चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार मधेश प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चौधरी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।