काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । उनको दाहसंस्कार आज गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् ।
पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।
उनका दुई छोरी छन् ।