आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कपिलवस्तु बस दुर्घटनामा २६ जना घाइते

आइतबार, असार २९ २०८२

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

दाङतर्फ गइरहेको लुम्बिनी प्रदेशको ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस आज बिहान करिब ४ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

उनका अनुसार २६ जना यात्रु घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ । अधिकांश घाइतेलाई सामान्य उपचारपछि डिस्चार्ज गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार घाइतेहरूलाई नजिकैका कपिलवस्तु र रुपन्देहीस्थित विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।