काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेका छन्।
मंगलबार बिहान तिब्बततर्फबाट रसुवामा आएको भीषण बाढीले क्षति पुर्याएपछि उनले पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका हुन्।
प्रधानमन्त्री ओली आज कृषि तथा पशुपंक्षी विकास विभाग र नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुँदै थिए।
प्रधानमन्त्री ओलीले आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेका कारण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ।’