काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मोत्सव मनाउन निर्मल निवासमा शुभेच्छुकहरूको भीड लागेको छ ।
शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो ।
पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए ।
राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।