काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिवार बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । ।
अध्यक्ष श्रेष्ठले आइतबार नै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको बताइन् ।
नाउपाबाट अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ ।
उनले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी छ ।
नाउपाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो दलको मन्त्री हटाइएको विषयमा नाउपा असन्तुष्ट छ।