काठमाडौं । सरकारले दुई अध्यादेशमाार्फत नियुक्त गरेका ५२ वटै संवैधानिक पदाधिकारीहरूको पद जोगिएको छ । संवैधानिक इजलासको बहुमतले रिट खारेज गरेसँगै ५२ जानै पदाधिकारीहरूको पद जोगिएको हो ।
सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. मनोज शर्माको इजलासले ती पदाधिकारीहरूको नियुक्ति संविधानसम्मत ठहर गरेको हो । प्रधान्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको राय रिट जारी गर्ने पक्षमा आएको छ ।