शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज  सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिबार, असार ५ २०८२

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९५ हजार नौ सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।