शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज सुनचाँदीको भाउ स्थिर

सोमबार, असार २ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ आज स्थिर रहेको छ ।

पछिल्ला केही दिन दैनिक बढिरहेको सुनको भाउ आज भने स्थिर रहेको महासंघले जनाएको छ । आज सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारवबार भैरहेको महासंघले जनाएको छ ।  अघिल्लो दिन पनि साेहि मूल्यमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।