शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सोमबार, असार २ २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ ।

निगमका अनुसार नयाँ मूल्य गत राति १२ बजेदेखि लागू भएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६० हुनेछ ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ४५ पर्नेछ ।