उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।
काठमाडौं । भारतको केदारनाथ नजिकैको गौरीकुण्डको जंगलमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जना यात्रु सवार थिए।
उत्तराखण्डको केदारनाथ धामबाट गुप्तकाशीका लागि उडान भरिरहेको आर्यन एभिएशनको एक हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज बिहान करिब ५:१७ बजे आर्यन कम्पनीको हेलिकप्टरले ६ जना श्रद्धालु र एक पाइलटसहित केदारनाथ हेलिप्याडबाट गुप्तकाशीका लागि उडान भरेको थियो।
उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।