शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा वृद्धि भएको छ ।

महासंघका अनुसार बुधबार सुन तोलामा १३ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।