शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यस्तो छ आज सुनचाँदीको मूल्य

शुक्रबार, जेष्ठ २३ २०८२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।