काठमाडौं । तेलको कुपनको विवादलाई लिएर डीएसपी शुभद्रा वाइवा जिम्मेवार विहिन भएकी छिन् ।
इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवा ड्युटीमा परिचालित हुने सवारी साधनमा हालिने तेलको कुपनको विवादलाई लिएर जिम्मेवारी विहिन भएकी हुन् ।
जितपुर सिमरा उपमहानगरपालिकाले तेल थोरै दिएको भन्दै विवाद सुरु भएको थियो । डीएसपी वाइवाले प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको अगाडी नै तेलको कुपन च्यातेपछि उनीविरुद्ध उजुरी परेको थियो ।
सोहि बिषयलाई लिएर डीएसपी वाइवाको जिम्मेवारी खोसिएको थियो । उनलाई छानबिनका लागी प्रहरी हेडक्वाार्टर तानिएको स्रोतले जानकारी दिएको छ ।
उनको ठाउँमा अर्का डीएसपी बेद जोशी हाजिर हुने भएका छन् ।