काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित ठेचोमा बिजुलीको पोल लागेर रमेश शाहीको मृत्यु भएको छ।
प्रहरीका अनुसार डोजरले बाटो खन्ने क्रममा पोल ढलेर ५५ वर्षीय शाही घाइते भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
शाहीको मृत्युपछि स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।