काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका–३ बस्ने ४१ वर्षीया कौशी विश्वकर्मा र ३२ वर्षीया निशा सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको जहदा गाउँपालिका–१ पुरानो टोल बस्ने ५५ वर्षीय श्याम यादव र उनकै छोरा २५ वर्षीय शंकर यादवलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नगद ६८ हजार नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ मुसरी टोलमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ तत्काल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम बरामद भएको थियो । थप अनुसन्धानको क्रममा उक्त घटनामा श्याम यादव र शंकर यादवको संलग्नता खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले श्यामको घर तलासी गर्दा थप गाँजा, नगद र तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका–२ टाँडीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जय किशोर शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ परासीझुङ्गा बस्ने २१ वर्षीय अशोक कुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्षीय रामसुरत सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय धकधई र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ५६ बिसि ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ शृजननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ ब्राईटचोक बस्ने २९ वर्षीय सुभाष भुजेललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । ललितपुरको गोदावरी नगरपालिका–१० प्याङगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २० ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका–३ घर भएका २८ वर्षीय विजय कुमार स्याङ्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६ च ६२८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक विजय कुमारलाई पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–१ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका–१ ब्लक नम्बर ७ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने ३७ वर्षीय मनोज कुमार महतो समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुर्वाबाट खटिएको प्रहरीले बसवपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज.६ प २३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका–१० जर्सीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २१ वर्षीय राकेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–००९ प ८१७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।