काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
बैठक आज मंगलबार बिहान ११ बजेका लागि तय भएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।