शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज २ हजार ९ सयले बढ्यो सुनको भाउ

मंगलबार, जेष्ठ २० २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा दुई हजार नौ सय रुपैयाँले बढी हो।

सोमबार हिजो सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ।