बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एमालेमा ‘म झोले हो’ अभियान

सोमबार, जेष्ठ १९ २०८२

काठमाडौँ । शनिबार प्रधानमन्त्री ओलीले राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका थिए । काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।

मंगलबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे ।

सामाजिक सञ्जालमा ‘म झोले हो’ पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ भन्ने स्ट्याटस पनि लेखेका छन् ।
उक्त ‘म झोले हो’ पोस्टरसहितको पोस्ट नेकपा एमालेमा अभियान नै बनेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेता कार्यकर्ताले पनि म झोले भन्दै पोस्ट शेयर गरेका छन् ।

पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले ‘सेयर ट्रेन्ड’ चलाएका छन् ।

त्यस्तै, युवा संघका अध्यक्ष क्षितिज थेवेले पनि ‘म झोले हो’ भन्दै पोस्ट शेयर गरेका छन् ।