बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कजारियाको नयाँ शोरूम सैनामैना, रुपन्देहीमा उद्घाटन

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै सैनामैना, रुपन्देहीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । धर्मा ट्रेडर्स द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ज्यूको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरेका हुन।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष टंकप्रसाद पोखरेलले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “सैनामैनामा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो । यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउने छ ।”

रुपन्देही जिल्लाको महत्वपूर्ण क्षेत्र सैनामैनामा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले ३०ह३० से.मी., ३०ह६० से.मी., ३०ह४५ से.मी., ६०ह६० से.मी., ६०ह१२० से.मी. र १९.५ह१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ। प्रत्येक टायलले तपाईंको घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।