बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब नौ अर्ब बजेट

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब नौ अर्ब बजेट बिनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त एक खर्ब नौं अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन।

जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने घोषणा समेत गरेको छ।