बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आगामी आर्थिक बर्षको बजेट: नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने सरकारको तयारी

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेट मार्फत नेपाली उद्योगीहरुले बिदेशमा पनि लगानी गर्न पाउने व्यवस्था गर्नै भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसद समक्ष आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै उक्त व्यवस्था गर्न लागेको जानकारी दिएका हुन ।

नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने भन्दै अर्थमन्त्री पौडेलले भने, ‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,।’

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले आगामी आवको बजेट भाषणमा उल्लेख गरेका छन्।