बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सोमबार, जेष्ठ १२ २०८२

संखुवासभा । १६ र १७ वर्षीया २ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिचिला गाउँपालिका–२ बस्ने ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय प्रकाश राई रहेका छन् । उनीहरूले ती बालिकाहरूलाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।